- शुक्रबार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज विहान पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो ।
काठमाडौं: ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सातौं नगरसभाबाट पारित भएको छ ।
शुक्रबार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज विहान पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो ।
महानगरेको आगामी आ.व. २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा ३४ वटा क्षेत्रमा ३८८ वटा नीति रहेका छन् ।
महानगरले आगामी आवका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट बिनियोजन गरेको छ । जसमा पुँजीगत तर्फको बजेट ४ अर्ब ५० करोड ७७ लाख २९ हजार (६०.३२ प्रतिशत) रहेको छ । प्रशासनिक खर्च १ अर्ब ३३ करोड ३ लाख १८ हजार (१७.७९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सर्शत अनुदान तर्फ १ अर्ब ६३ करोड ६१ लाख (२१.८९ प्रतिशत) बजेट बिनियोजन गरिएको छ ।
पाटन दरबार स्क्वायर, वुङ्गमति, खोकना, सुनाकोठी, नागदह धापाखेल र हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक को रुपमा घोषणा गर्ने, रिङ्गरोडको कुसुन्तीमा नेपालमै पहिलो लिफ्ट सहितको अपांगतामैत्री आकाशे पुल निर्माण आगामी आ.व. २०८२÷८३ मा सम्पन्न गर्ने गरी महानगरले बजेट व्यवस्था गरेको छ । साथै पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण सम्पन्न गर्ने बजेटमा उल्ले छ ।
चक्रपथको धोविघाटमा साइकल सहित आवतजावत गर्न सकिने आकाशे पुल निर्माणको लागि बजेट व्यवस्था गरिएको छ । लगनखेल स्थित बसपार्कलाई व्यवस्थित, सूचनामैत्री तथा यात्रुमैत्री बनाउने र महानगरभित्र सम्भावना भएका रुटहरुमा साझा बस सञ्चालनका लागि समन्वय गर्ने जस्ता महानगरका बजेटमा समेटिएका मुख्य बुँदाहरु हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’