मुस्लिम मजहबिकरणको लागि अर्बौ अबैध रकम नेपाल हुँदै भारत पुग्यो, नेपालको वेवास्ता
२०८२ असार २७ शुक्रवार
- यूपी एटीएस (एन्टी टेरोरिष्ट दस्ता) का अनुसार, सबैभन्दा धेरै विदेशी फण्डिङ्ग अयोध्या जिल्लामा पुगेको छ, जहाँ कथित रूपमा हिन्दु केटीहरूको धर्म परिवर्तन गराइएको पाईएको छ। छांगुर बाबा र उनको सहयोगीहरूसँग जोडिएका ४० बैंक खाताहरूको जाँच शुरू भइसकेको छ
एजेन्सी: उत्तर प्रदेशको एण्टी टेरोरिस्ट स्क्वाड (एटीएस) ले शुक्रबार एक सनसनीपूर्ण खुलासा गरेको छ। एटीएसले बताएअनुसार जलालुद्दीन उर्फ छांगुर बाबालाई विगत तीन वर्षमा लगभग ५०० करोडको विदेशी रकम प्राप्त भएको छ। यसमा २०० करोडको रकम आधिकारिक बैंकिङ माध्यमबाट भारत पुगेको छ, जबकि ३०० करोड अवैध हवाला च्यानलहरू मार्फत नेपालबाट भारत पुर्र्याईएको छ। यी पैसाहरू मुस्लिम देशहरूबाट आएका थिए। भारतमा मजहबिकरण (धर्म परिवर्तन) गराउने उद्देश्यले यी पैसाहरू छांगुर बाबालाई पठाइएको थियो।
एटीएसको जाँचले पत्ता लगाएको छ कि नेपालको काठमाडौं सहित नवलपरासी, रूपन्देही र बाँके जस्ता सीमावर्ती जिल्लाहरूमा १०० भन्दा बढी बैंक खाताहरू खोलिएका थिए, जसमा पैसाहरू जम्मा गरिएका थिए। यी फण्डहरू पाकिस्तान, युएई, साउदी अरब र टर्की जस्ता मुस्लिम बहुल देशहरूबाट आएका थिए। यी खाताहरबाट पैसा नेपालमा स्थानीय एजेन्टहरू मार्फत भारत पुर्याईएको थियो। एजेन्टहरूले यसो गरेबापत ४ देखि ५% सम्म कमीशन लिन्थे। धेरै पटक पैसाहरू क्यास डिपोजिट मेसिन (सिडिएम) को माध्यमबाट जम्मा गरिएका थिए।
नेपालबाट भारत आएपछि सो रकमलाई बलरामपुर, श्रावस्ती, बहराइच, लखीमपुर जस्ता जिल्लाहरूमा 'स्थानीय मनी एक्सचेंजर्स' मार्फत भारतीय रुपैयाँमा बदलिएको थियो। बिहारको मधुबनी, सीतामढी, पूर्णिया, किशनगंज, चम्पारण र सुपौल जिल्लाहरूका एजेन्टहरू पनि यो अवैध रकम कारोबारको नेटवर्कमा संलग्न पाइएका छन्।
एटीएसको अनुसार, सबैभन्दा धेरै विदेशी रकम अयोध्या जिल्लामा पुगेको छ, जहाँ कथित रूपमा हिन्दु केटीहरूको मजहविकरण गराइयो। अहिले छांगुर बाबा र उनको सहयोगीहरूसँग जोडिएका ४० बैंक खाताहरूको जाँच शुरू भइसकेको छ।
जाँचको क्रममा नवीन रोहराको छ वटा बैंक खाताहरूमा ३४.२२ करोड र नसरीनको खाताहरूमा १३.९० करोड जम्मा भएको पुष्टि भएको छ। एटिएस ले विगत १० वर्षको आयकर रेकर्डहरू पनि मागेको छ। यो पनि शंका गरिएको छ कि छांगुर बाबाको युएईका शहरहरू शारजाह, दुबईमा पनि बैंक खाताहरू हुन सक्छन्, जसको जाँच भइरहेको छ।
बलरामपुरमा रहेको छांगुर बाबाको ५ करोड लागतमा बनेको बंगला पूर्ण रूपमा भत्काइएको छ। यो बंगला सरकारी जमिनमा अवैध रूपमा बनाइएको थियो। ४० कोठाहरू भएको यो महलजस्तो घरमा मार्बलको सुरक्षा गेट, विदेशी फर्नीचर,सिसिटिभी कमाण्ड रूम र आधुनिक सुविधाहरू थिए। बंगलालाई भत्काउन १० वटा बुलडोजरहरू तैनाथ गरिएका थिए र तीन दिनको कारवाहीमा यो जमीनमा मिलाइयो।
समाचार श्रोत: भारतीय समाचार माध्यम हिन्दुस्तान
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।