- होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरुबाट जनगुनासो नहोस भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्लामा रहेका सरोकारवाला निकार्यहरुको उपस्थितिमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु चाउचाउ ,बिस्कुट , चिउरा, आटा, दालमोट, पेय पदार्थ, मदिरा, सुर्तिजन्य बस्तु लगायत म्याद गुज्रेका सामान बरामद गरी प्रक्रिया पुरा गरी नष्ट गरिएको छ ।
काठमाडौं : नेपालको ठूलो सुन्दर रारा तालको काखमा रहेको सल्लेरी बजारमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गरी सरोकारवाला निकायबाट होटल तथा पसल अनुगमन गर्दा होटलहरुमा सरसफाइ नभएको भेटिएको छ ।
होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरुबाट जनगुनासो नहोस भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्लामा रहेका सरोकारवाला निकार्यहरुको उपस्थितिमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु चाउचाउ ,बिस्कुट , चिउरा, आटा, दालमोट, पेय पदार्थ, मदिरा, सुर्तिजन्य बस्तु लगायत म्याद गुज्रेका सामान बरामद गरी प्रक्रिया पुरा गरी नष्ट गरिएको छ ।
होटलहरुका सरसफाइ गर्न सुझाव दिंदै अर्को पटक म्याद सकिएका सामान विक्री गर्ने पसलहरुलाई कारवाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए ।
सल्लेरी बजार पर्यटकीय क्षेत्र राराको छेउमा रहेको हुँदा पर्यटक र स्थानीय नागरिकहरुको स्वास्थ्यलाई मध्यनगर गर्दै सल्लेरी बजार अनुगमन गरिएको र अखाद्य बस्तु नष्ट गरिएको साथै मूल्य सूचि राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए ।
सल्लेरी बजारमा ब्यावसाय गर्दै आएका ब्यापारीहरुमा एकरुपता नहुनु, पर्यटकहरुलाई तानातान गर्दा पर्यटक र साना व्यापारीहरुलाई समस्या हुने गरेको मामा भान्ज होटलका सन्चालक सन्तोष भामले बताए ।
सल्लेरी बजारमा ब्यापारीहरुले कुनैपनि सामानको दररेट नराख्दा समस्या परेको स्थानीय लोल बहादुर बिकको गुनासो छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।