बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना लापरवाही भएको गुनासो
२०८२ असार २६ विहिवार
- बिहीबार बसेको उक्त बैठकमा सांसदहरूले उद्धार, राहत र पुनस्र्थापनाको काममा सरकार तथा स्थानीय तहको उदासिनता रहेको भन्दै गृहमन्त्रीलाई समितिमा नै बोलाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौं : हालै देशभर बाढी र पहिरोका घटनाले निम्त्याएको जनधनको क्षति र आपत्कालिन व्यवस्थापनको अवस्थाबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८३ औँ बैठकले गम्भीर चासो व्यक्त गरेको छ ।
बिहीबार बसेको उक्त बैठकमा सांसदहरूले उद्धार, राहत र पुनस्र्थापनाको काममा सरकार तथा स्थानीय तहको उदासिनता रहेको भन्दै गृहमन्त्रीलाई समितिमा नै बोलाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन् ।
कांग्रेसका सांसद युवराज शर्माले भोटेकोशी क्षेत्रमा अत्यधिक वर्षाको कारण आएको बाढीबारे प्रष्ट जानकारी लिनु आवश्यक रहेको धारणा राखे । उनले भने, ‘बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनामा हामीले लापरवाही गरिरहेका छौं । भोटेकोशीमा अति वर्षा भएर बाढी आएको हो कि हिमताल फुटेको हो, त्यसको यथार्थ पत्ता लगाएर सरकार र स्थानीय निकाय सबैले सक्रिय हुनुपर्ने अवस्था छ ।’
शर्माले बाढीको प्रकृति र स्रोतबारे वैज्ञानिक अध्ययन गरी त्यसको आधारमा नीति निर्माण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । साथै उनले गृहमन्त्रीलाई समितिमा उपस्थित गराई छलफल गर्नुपर्ने प्रस्ताव समेत गरे ।
यसैबीच, समितिका सचिव सञ्जय दाहालले २४ गते रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको जानकारी दिए । ‘अहिले घाइतेको उपचारमा समस्या छ, सडक, विद्युत र सञ्चार सम्पर्क पूर्णरूपमा अवरुद्ध छ,’ उनले भने,‘विकट भूगोलका कारण राहत पनि पुग्न सकेको छैन । प्रमुख जिल्ला अधिकारीले बारम्बार हेभी उपकरण माग गर्दा पनि हालसम्म त्यसको आपूर्ति हुन सकेको छैन ।’
समितिले सरकारलाई बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, उपचार, पुनस्र्थापना र आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’