नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको अध्यक्षमा बम र सह–अध्यक्षमा चिमोरिया

२०८२ असार २२ आईतवार
सारांश
  • ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा बम र सह–अध्यक्षमा कुमार चिमोरिया, वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह–अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।

काठमाडौं  : नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले खगेन्द्र सिंह बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 


ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा बम र सह–अध्यक्षमा कुमार चिमोरिया,  वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह–अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।


संस्थाको केन्द्रीय सदस्यहरूमा रोशन पौडेल, विनोद त्रिपाठी, जयराम अधिकारी, सुनिल पुरी, राजकुमार डङ्गोल, भूपेन्द्र भण्डारी, रामबहादुर बस्नेत, अमन लामा, शम्भु घिमिरेलगायत चयन भएका छन् ।


कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, वरिष्ठ पत्रकार ऋषि धमला, नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, यातायात व्यवसायी, यातायातका कर्मचारी, कलाकारलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार