याङ्गो राइडरलाई एक हजारवटा स्कूटर उपलब्ध गराइने

२०८२ असार २१ शनिवार
सारांश
  • शुक्रबार काठमाडौंको जमलमा एक कार्यक्रम गरी ग्रामिड क्षेत्रबाट आएका विद्यार्थीहरु राइडरहरुलाई सहयोग पुग्नेगरी एक वर्षमा एक हजार स्कुटर भाडामा उपलब्ध गराउने भएको हो ।

काठमाडौं : इड्राइभ नेपालले हजार स्वरोजगार योजनामार्फत एक वर्षमा एक हजारवटा स्कुटर याङ्गो राइडरलाई भाडामा दिने भएको छ ।


शुक्रबार काठमाडौंको जमलमा एक कार्यक्रम गरी ग्रामिड क्षेत्रबाट आएका विद्यार्थीहरु राइडरहरुलाई सहयोग पुग्नेगरी एक वर्षमा एक हजार स्कुटर भाडामा उपलब्ध गराउने भएको हो । 


ईड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केका अनुसार सवारी साधनहरु रेन्टल सेवा, किस्ताबल्दी सिस्टम, सस्तो दरमा गाडि नै किन्न पाइनुका साथै आफूले लगानी गरी जोडिन सकिन्छ । 


अध्यक्ष मास्केले भने, ‘विशेषगरी ग्रामीण क्षेत्रबाट आएका विद्यार्थी राइडरहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्य हो । साथै कोही राइडरहरुले प्लेटफर्म पाउनुभएको छैन, साधन पाउनुभएको छैन भने जोडिन सक्नुहुन्छ । हामी गाडीहरु चार तरिकाले उपलब्ध गराउनेछौं, एउटा रेन्टल सेवा, किस्ताबल्दी सिस्टम, गाडि नै खरिद र अन्य लगानी मार्फत पनि जोडिन सकिन्छ ।’


उनले हजार स्वरोजगार योजना इ ड्राइभ नेपाल, तपाईको बजार डटकम र परिमितल ग्रुप मिलेर ल्याएको जानकारी दिए । उनले यस सेवामार्फत रोजगार उपलब्ध गरेको बताए । 


‘हाम्रो सपना तीन वटा टिम मिलेर बनेको हो । एउटा इ ड्राइभ नेपाल, तपाइको बजार डटकम र अर्को परिमितल ग्रुप मिलेर सानो प्रयास गरेका छौ । यो जब क्रिएसन हो । जुन राज्यले गर्नुपर्ने हामीले गरेका छौ,’ उनले भने ।    

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार