- अझै वर्षा नरोकिएकाले थप एक महिनाको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
रामेछाप: सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान–आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गर्दै असार २० गतेदेखि थप ३० दिनको लागि प्रत्येक दिन साँझ ६ः३० बजेबाट बिहान ५ः०० बजेसम्म राजमार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई निषेध गरिएको जनाएको छ ।
प्रशासनले गत असार ६ गतेबाट १५ दिनको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो । अझै वर्षा नरोकिएकाले थप एक महिनाको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा यातायात सञ्चालनमा रोक लगाउँदा परेको असुविधा प्रति क्षमा याचन गरिएको छ ।
मिति २०८२÷०३÷०६ गतेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा रहेकोले कुनै पनि समयमा वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउनका लागि बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक÷निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न १५ (पन्ध्र) दिन (२०८२÷०३÷२०) सम्मको लागि निषेध गरिएको ब्यहोरा विदितै छ ।
हाल पनि मनसुन सक्रिय अवस्थामा नै रहेकोले बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक ÷ निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न आजबाट थप ३० (तीस) दिनका लागि निषेध गरिएको ब्यहोरा अनुरोध छ’, शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।