जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार २० शुक्रवार
सारांश
  • अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

जनकपुर: जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार(आज) अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  


अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । 


अध्यक्ष यादवको खोजी गर्दै उनको घरमा प्रहरीको टोली हिजो राती पुगेको थियो तर उनी जनकपुरधाममा रहेको प्रहरीको ठहर छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार