मानवीय क्षति छैन, भौतिक संरचनामा नोक्सानी भयो : जगदम्बा स्टिल

२०८२ असार १९ विहिवार
सारांश
  • जगदम्बा स्टिल उद्योग परिसरमा रहेको सीसीएम प्लान्टमा कच्चा पदार्थ पगाल्ने ३० टन क्षमताको भट्टीमा आगलागीपछि विस्फोट भएको बिज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार, बुधबार राति करिब ९ः१५ बजे भएको हो ।

रौतहट : जगदम्बा स्टिल उद्योग बाराले मानवीय क्षति नभएको प्रष्ट परेको छ । तर भौतिक संरचनामा ठूलो नोक्सानी भएको उद्योग प्रशासनले बिहीबार प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको हो ।


जगदम्बा स्टिल उद्योग परिसरमा रहेको सीसीएम प्लान्टमा कच्चा पदार्थ पगाल्ने ३० टन क्षमताको भट्टीमा आगलागीपछि विस्फोट भएको बिज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार, बुधबार राति करिब ९ः१५ बजे भएको हो । 


विस्फोटमा परी भारतको बिहार, समस्तिपुर निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन् । उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको उद्योगले जनाएको छ ।


तर विभिन्न सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धेरैको मृत्यु भएको भन्दै अफवाह फैलाइएको प्रति उद्योगले ध्यानाकर्षण भएको जनाएको छ । यस घटनाले समाजमा पर्न गएको असहज अवस्था प्रति उद्योग प्रशासनले दुस्ख व्यक्त गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार