विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौता

२०८२ असार १९ विहिवार
सारांश
  • विहीबार प्याब्सन केन्द्रीय कार्यालय, काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकासमा खेलकुदको महत्व र देशभरका निजी विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 


विहीबार प्याब्सन केन्द्रीय कार्यालय, काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकासमा खेलकुदको महत्व र देशभरका निजी विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 


सोही क्रममा प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले प्याब्सनको उद्देश्य भनेको देशमा असल शिक्षा दिने र असल नागरिक बनाउने भन्दै यस्तो सम्झौताको लामो यात्राको लागि हुनुपर्ने बताए । 


नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले देश विकास र समृद्धिका लागि खेल क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै यसलाई विकास गर्न सम्झौता मार्फत अगाडि बढ्ने बताए । 


उनले भने, ‘मनोरञ्जन र ज्यान बनाउनका लागि खेल खेल्नेभन्दा पनि यसलाई नयाँ तरिकाबाट लाने हाम्रो योजना हो । देश विकास र समृद्धिका लागि खेल क्षेत्र एकदमै महत्वपूर्ण हुन्छ र यसलाई विकास गर्न सकिन्छ भनेर सम्झौता भएको हो । प्याब्सनले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेकाले यसकै माध्यमबाट खेलकुद क्षेत्रलाई पनि नयाँ तरिकाबाट लान सकिन्छ भन्ने विश्वास हो ।’ 


खेललाई उद्यमशिलतासँग जोडेर लान सकिन्छ भन्ने विश्वासका साथ खेललाई आधारभूत तहसम्म लान साझेदारी भएको पनि उनको भनाइ छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार