- सोमबार (आज) पत्रकार सम्मेलनमार्फत धनुषा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ परेका एकजना र महिलालाई सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने पुरुष पक्राउ परेको सम्बन्धि जानकारी दिएका छन् ।
जनकपुर : धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
सोमबार (आज) पत्रकार सम्मेलनमार्फत धनुषा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ परेका एकजना र महिलालाई सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने पुरुष पक्राउ परेको सम्बन्धि जानकारी दिएका छन् ।
धनुषा प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल प्रवेश गरेका एक युवकलाई पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका–१ स्थित ईनर्वा कमला बाँधको सडकमा नियमित चेकजाँचको क्रममा प्रहरी टोलीले भारतको जयनगरबाट मलहनियातर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा सवार तीनमध्ये एक युवक फरार हुन खोजेका थिए ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कृष्ण ठाकुरलाई पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा पोको पारिएको अवस्थामा लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने ४९.५९ ग्राम पदार्थ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
त्यस्तै ठगी, अपराधिक विश्वासघात, आर्थिक लाभ तथा विद्युतिय अपराध सम्बन्धी कसुरमा धनुषाको औरही गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय हनिफ नदाफलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पहिचान गोप्य राखिएको एक जना महिलालाई दुई वर्षदेखि चिनजान भइ सामाजिक सञ्जाल इमोमार्फत फोटो तथा भिडियो आदान प्रदान भइरहँदा पक्राउ परेका नदाफले महिलालाई ब्ल्याकमेल गरी पाँच लाख रकम लिएको र साथै शारीरिक र मानसिक यातना समेत दिएको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेको नदाफलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।