प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन
२०८२ असार १६ सोमवार
- सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महराको सोमबार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा: सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन् ।
सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महराको सोमबार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । असहज महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवका अनुसार, प्रादेशिक अस्पतालमा पटक–पटक उपचार गराउन आउने बिरामीहरूप्रति हेलचक्राइ हुने गरेको छ । ‘हामीले धेरैपटक सेवा सुधारको माग गर्यौं, तर बेवास्ता भयो,’ अध्यक्ष यादवले भने, ‘अस्पताल प्रशासनको लापरबाहीकै कारण नाबालकको ज्यान गएको हो ।’
राजनको निधनपछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
यता, प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी रामनारायण चौधरीले राजनलाई गम्भीर किसिमको रक्तअल्पता (सिभियर एनिमिया) भएको बताए । उनका अनुसार, बालकको हेमोग्लोबिन मात्रा २.५ ग्रामरडिएल मात्र थियो, जुन अत्यन्तै खतरनाक अवस्थामा पर्छ ।
‘बी–पोजेटिभ रगतको आवश्यकता थियो, रगत उपलब्ध भए पनि ब्लड ट्रान्सफरको तयारी भइरहेकै बेला उनको निधन भएको चौधरीले बताए ।
अस्पतालका आकस्मिक सेवा इन्चार्ज डा. नितेश कर्णले पनि बिरामीलाई आवश्यक परीक्षण र उपचार तत्काल सुरू गरिएको तर अवस्था अत्यन्तै नाजुक भएकाले बचाउन नसकिएको उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’