धानको भुषभित्र लुकाइराखेको दुईसय १२ किलो गाजासहित चार पक्राउ
२०८२ असर १४ शनिवार
- सयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागुऔषध गाजा बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।
रौतहट: बारा प्रहरीले २ सय १२ किलो लागुऔषध गाजासहित चार जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यलय सिमरा र प्रसौनी बाराबाट खटिएको सयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागुऔषध गाजा बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।
पिकअप गाडीमा धानको भुषभित्र लुकाइराखेको अवस्थामा २ सय १२ किलो ९२८ ग्राम लागुऔषध गाजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक बर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का बर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने बर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का महेश तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरु पिकअप गाडीमा सवार रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।