स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

२०८२ असार १३ शुक्रवार
सारांश
  • पक्राउ पर्नेमा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमान रहेको प्रहरीले जानकारी दिएको छ ।

रौतहट: रौतहट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ  गरेको छ ।


गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा विभिन्न सावारी र पैदल यात्रीहरुलाई रोकी जाँच गर्ने क्रममा  युवकलाई  पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमान रहेको प्रहरीले जानकारी दिएको छ ।


भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेल्मेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । 


उनका अनुसार १० लाख चार हजार पाँच सय नेपाली रुपैयाँ बरामद भएको हो । स्रोत नखुलेको रकमको बारेमा थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार