द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

२०८२ असार १२ विहिवार
सारांश
  • पाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो(बुधबार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ ।

एजेन्सी : द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् । नेपाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो(बुधबार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ ।


‘अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। विस्थापितहरूले अपरेशन सिन्धु अन्तर्गत द्वन्द्वग्रस्त इरानबाट उनीहरूलाई उद्धार गरेकोमा इरानी र भारतीय सरकारलाई धन्यवाद दिए।


एएनआईसँग कुरा गर्दै इरानबाट फर्किएका एक भारतीय उद्धारकर्ताले भने, ‘म मेरो सरकारलाई, विशेष गरी प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु। हामीले कुनै कठिनाइको सामना नगरी आइपुगेका छौं । इरानी र भारतीय दुवै सरकारले धेरै राम्रो व्यवहार गरे।’


अर्का उद्धारकर्ताले भने,‘हामीलाई फिर्ता ल्याएकोमा हामी सरकारप्रति आभारी छौं। यदि त्यहाँ अवस्था बिग्रिएको भए, फर्कन गाह्रो हुने थियो ।’


इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बीचमा अपरेशन सिन्धु सुरु गरिएको थियो । यता, नेपालले भारत सरकारलाई आफ्ना नागरिकहरुको उद्धारका लागि आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपालीलाई उद्धार गरिदिन आग्रह गरेकी थिइन् ।


बुधबार मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका सात जना नेपालीको उद्धार समेत गरिएको थियो अध्यागमन प्रशासनले एक्जिट परमिट नभएको भन्दै मंगलबार उनीहरुलाई फर्काएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार