- पूर्वाधार विकासका क्षेत्रमा सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी योजना विस्तार, कृषि सिँचाइ, सौर्य ऊर्जा प्रविधिको प्रयोग, भवन निर्माण र यातायात सञ्जाल सुदृढीकरणका लागि छुट्टै योजना बनाइएको छ।
रामेछाप: रामेछापको हिमाली क्षेत्रअन्तर्गत पर्ने उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रमका साथै ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मङ्गलवार सम्पन्न भएको गाउँ सभाको १८ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष सावित्री सुनुवारले बजेट प्रस्तुत गरेकी थिइन् ।
अधिवेशनले दुवै प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ।
अध्यक्ष सुनुवारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सामाजिक विकासलाई विशेष प्राथमिकता दिइएको छ । गाउँपालिकाको समग्र नीति स्थानीय विकासलाई दिगो बनाउने, नागरिकको पहुँचमा सेवा प्रवाह पु¥याउने, तथा गरिबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्यमा केन्द्रित रहेको छ।
‘हामीले यथार्थमा आधारित र व्यावहारिक नीति ल्याएका छौँ, अब सबैको साझा प्रयासमा यसलाई कार्यान्वयन गर्ने बेला आएको छ’, सुनुवारले भने ।
प्रस्तुत नीति तथा कार्यक्रमले दीर्घकालीन सोच, जनसहभागिता र पारदर्शितालाई मूल आधार बनाएको उनको दाबी छ ।
गाउँपालिकाको कुल बजेटमध्ये आन्तरिक स्रोतबाट संकलन हुने अनुमान गरिएको राजस्व २ करोड रुपैँया हाराहारी रहेको छ भने बाँकी रकम संघीय सरकार, प्रदेश सरकार, साझेदारी कार्यक्रम र दातृ निकायबाट प्राप्त हुने अनुदानमार्फत जुटाइनेछ । बजेट विनियोजन गर्दा वडागत आवश्यकता, भौगोलिक अवस्था, पूर्वाधारको अवस्थिति, जनघनत्व, गरिबीको दर र विकास सूचकलाई आधार मानिएको छ।
सात वटै वडाका लागि अलग–अलग रकम विनियोजन गरिएको छ । वडा नं १ गुम्देलका लागि ६१ लाख, वडा नं २ बाम्तीभण्डारका लागि ६४ लाख, वडा नं ३ कुबुकास्थलीका लागि ५५ लाख ५० हजार, वडा नं ४ प्रीति र वडा नं ५ प्रीतिका दुई भिन्न भूभागका लागि क्रमशः ६१ लाख र ६२ लाख, वडा नं ६ गुप्तेश्वरका लागि ५० लाख र वडा नं ७ भुजीका लागि ६५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधारका लागि स्मार्ट कक्षा, विज्ञान प्रयोगशाला, शिक्षक तालिम, छात्रवृत्ति वितरणजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर वृद्धि गर्न आवश्यक जनशक्ति व्यवस्थापन, औषधि खरिद, सुरक्षित मातृत्व सेवा, खोप सेवा, मानसिक स्वास्थ्य परीक्षण, तथा पोषण कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । बालबालिका, किशोरी र वृद्ध वृद्धाको लक्षित हेरचाह तथा स्वास्थ्य बिमा प्रवद्र्धन कार्यक्रम पनि नीति भित्र समावेश छन्।
गाउँपालिकाको अर्को महत्त्वाकाङ्क्षी योजना आन्तरिक पर्यटन प्रवद्र्धन रहेको छ। धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा परिचित ‘उमाकुण्ड’ र त्यस आसपासका पदमार्गहरूलाई व्यवस्थित गर्दै गुम्देल–उमाकुण्ड पदमार्ग, प्रीतिको गुफा क्षेत्र, भूजीको ऐतिहासिक स्थलहरूमा संरचनागत पूर्वाधार निर्माण गरिनेछ ।
गाउँपालिकाले होमस्टे प्रवद्र्धन, हस्तकला बिक्री केन्द्र स्थापना र पर्यटक सूचना केन्द्र सञ्चालनजस्ता कार्यक्रमसमेत आगामी वर्षका लागि योजना बनाएको छ।
पूर्वाधार विकासका क्षेत्रमा सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी योजना विस्तार, कृषि सिँचाइ, सौर्य ऊर्जा प्रविधिको प्रयोग, भवन निर्माण र यातायात सञ्जाल सुदृढीकरणका लागि छुट्टै योजना बनाइएको छ।
त्यस्तै, युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम र कृषि तथा पशुपालन अनुदान कार्यक्रम राखिएको छ।
सामाजिक विकासका क्षेत्रमा पनि गाउँपालिकाले छुट्टै कार्यक्रम ल्याएको छ। महिला सशक्तीकरण, लैङ्गिक समानता प्रवद्र्धन, बाल अधिकार संरक्षण, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि, दलित उत्थान कार्यक्रम, तथा बाल विवाह न्यूनीकरण कार्यक्रम नीति तथा कार्यक्रममार्फत अघि सारिएको छ।
गाउँपालिकाले सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत छिटो, सजिलो र पारदर्शी बनाउने उद्देश्यले विद्युतीय अभिलेख व्यवस्थापन, अनलाइन आवेदन प्रणाली, नागरिक बडापत्र र मोबाइल एप निर्माण गर्ने योजना बनाएको छ । नागरिकको गुनासो दर्ता, योजना माग सङ्कलन र सार्वजनिक सुनुवाइ प्रक्रिया पनि अनलाइनमार्फत गर्न सकिने वातावरण बनाइनेछ ।
योजना कार्यान्वयनका क्रममा वातावरणीय दृष्टिकोणलाई समेत ख्याल गरिने र जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रमअन्तर्गत वन क्षेत्र संरक्षण, हरित पूर्वाधार निर्माण, सौर्य ऊर्जा प्रवद्र्धन, तथा वातावरणीय शिक्षा कार्यक्रम लागू गरिनेछ। ग्रामीण जलवायु जोखिम न्यूनीकरणका लागि नयाँ साझेदारी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।