धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु

२०८२ असार ०९ सोमवार
सारांश
  • धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

धनुषा: धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ ।


धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार विहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।


मृत्यु हुने युवक धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोराका रहेको जानकारी प्राप्त भएको छ । घाईते अन्य दुई जना युवक पनि सोही वडाका नाथपट्टिका रहेका छन् ।


बिहान मर्निङ वाकमा निस्केका व्यक्तिहरुले दुर्घटना भएको देखेपछि प्रहरीलाई खवर गरेको थियो । तत्कालै आएको प्रहरीले उनीहरुलाई उपचारको लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यू भइसकेको चिकित्सकले पुष्टि गरेको छ । थप विवरण आउन बाँकी ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार