पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’
२०८२ असार ७ शनिवार
- कार्यक्रमको समापन गर्दै गौंरिशङ्कर गाउँपालिका प्रमुख विश्वास कार्कीले पाँच बुँदे साझा संकल्पसहित तीन दिने संवाद कार्यक्रम समापन भएको घोषणा गरे ।
दोलखा: पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ शनिबार समापन भएको छ ।
बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद शनिबार समापन भएको हो ।
कार्यक्रमको समापन गर्दै गौंरिशङ्कर गाउँपालिका प्रमुख विश्वास कार्कीले पाँच बुँदे साझा संकल्पसहित तीन दिने संवाद कार्यक्रम समापन भएको घोषणा गरे ।
उनले भने,‘पाँच गतेदेखि सुरु भएको यस संवादले साझा संकल्पसहित समापन गरेका छौं । यो एउटा सुरुवात मात्र हो । तर यो संकल्प एउटा इतिहास बन्नुपर्छ । साथै यसको पूर्ण कार्यान्वयन हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
कार्यक्रममा दोलखाकी सगरमाथा आरोही तथा २०७५ सालकी मिस शेर्पा दाफुटी शेर्पालाई सम्मानसमेत गरियो । समाज सेवा र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै उनले जलवायु परिवर्तनले हिमाल चढ्न पहिलेको तुलनामा जोखिमपूर्ण बन्दै गइरहेको बताइन् ।
‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन् । हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन् । हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’ उनले भनिन् ।
कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तन जस्ता जोखिमहरुको न्यूनिकरण गर्न नीतिगत रुपमा नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।