विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र — यात्रु सकुशल उद्धार
२०८२ असार ०६ शुक्रवार
- बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।
काठमाडौं : नारायणगढ–बुटवल सडकखण्डमा बाढीका कारण फेरि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।
प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो । तर, बस धेरै नबगेको र सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दाउन्ने र दुम्कीबास क्षेत्र आसपास वर्षा भएपछि सडक हिलो र चिप्लो हुने समस्या देखिन थालेपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
पूर्वबाट पश्चिम गइरहेका सवारी साधनलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग र काठमाडौंबाट पश्चिम गइरहेका गाडीलाई मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
त्यस्तै, पश्चिमबाट पूर्व आउने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग र साना सवारीसाधनले अवस्था हेरी कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।