पोखरामा लागू औषधसहित चार जना पक्राउ

२०८२ असाढ ५ बिहिवार
सारांश
  • पक्राउ पर्नेहरुमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन् ।

पोखरा : कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन् । 


पक्राउ पर्नेहरुमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन् । 


सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 


सिमलचौर स्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोवाइल दुई थान वरामद गरिएको छ । 


पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार