जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२ असार ०४ बुधवार
सारांश
  • विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत सोमबार दिउँसो पक्राउ गरेको हो ।

हेटौंडा :मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गौरीटार रंगशालास्थित एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । 


विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत सोमबार दिउँसो पक्राउ गरेको हो ।


गाईगोठमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले हेटौंडा बसोबास गर्ने ४५ वर्षीय दामोदर चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङलाई नियन्त्रणमा लिएको छ ।


घटनास्थलबाट प्रहरीले सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटी सहितको काठको लुडोसमेत बरामद गरेको छ । उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार