सुनचाँदी व्यवसायीको आन्दोलन जारी, भक्तपुरका व्यवसायीले न्यूरोडमा गरे प्रदर्शन
२०८२ असार ३ मंगलवार
- सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतित भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् ।
काठमाडौं : सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतित भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् ।
सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् ।
सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।
आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरुले काठमाडौंको न्यूरोड र बसन्तपुर क्षेत्रमा कालो व्यानरसहित प्रदर्शन गरे । मंगलबार भक्तपुरका सुनचाँदी व्यवसायीहरु न्यूरोड पुगेर प्रर्दशन गरेका हन् ।
भक्तपुर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष बिजेन शाक्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।
उनले भने, ‘हामीले गरिरहेको कार्यक्रम चाहेर गरेको होइन् । परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर लगाएर अन्याय गरियो । जन्मदेखि मृत्युसम्म चाहिने सुनमा जुन कर लगाएको छ त्यो अन्यायपूर्ण नै हो ।’
यस्तै, भक्तपुर सुनचाँदी व्यवसायी संघको सल्लाहकार साक्यन शाक्यले सुनलाई विलासिताको वस्तुमा राख्ने कुरा मान्य नभएको भन्दै हटाउनुपर्ने माग राखे ।
उनले भने, ‘सरकारले आर्थिक वर्ष २०८२।८३ मा सुनलाई विलासिता वस्तु भनेर २÷ २ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर लगाउने र रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ । कर नीतिका विरुद्धमा हामी आज मौन जुलुसका साथ न्यूरोडमा आएका छौ । सुनलाई विलासिताको वस्तुमा राख्ने हामीलाई मान्य नभएको हुनाले यसलाई हटाउनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।