- मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।
काठमाडौं : आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।
यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ ।
यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।
सामान्यतया १८ वर्षदेखी ६० वर्ष उमेर समुहकाले रक्तदान गर्न सकिन्छ । तौल कम्तिमा ५० के.जी हुनुपर्छ भने हरेक ३ महिनामा रक्तदान गर्न सकिन्छ । रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो । यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू र्पुयाइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ ।
दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ । त्यस्तो बेला रगतको विकल्प केही हुँदैन । त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो । समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ ।
रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।