‘खाडी पुगेका महिलाहरुले वेदना पोखिरहँदा मन्त्रीहरु के हेरेर बसिरहनु भएको छ ?’

२०८२ जेठ ३० शुक्रवार
सारांश
  • सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।

काठमाडौं : शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ । 


सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।


उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रुपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिवन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँदा पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केहि गर्न नसकेको बताए ।


उनले भने, ‘घरेलु श्रमिक कामदारका रुपमा महिललाई नपठाउने भनेर बारम्बार प्रतिवन्ध लाग्दै गएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेका छन् । त्यहाँ जाँदा नेपाली कामदारले पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न सकेको छैन ।’


यसैगरी नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरु के छन् भन्दै उनले प्रश्न गरे । उनले अहिले पनि एक लाख भन्दा बढि  महिला दिदीबहिनीहरु खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराखेको अवस्था रहेको बताए ।


उनले भने, ‘बारम्बार महिला कामदारलाई नपठाउने भनेर प्रतिवन्ध लागे पनि फेरि प्रतिवन्ध खुलाउँदै कामदारहरु गएको अवस्था छ । नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरु के छन् यसमा मेरो प्रश्न ? खै  श्रममन्त्री ? खै  कानुनान्त्री ? । नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा  केही छैन । अहिले  पनि एक लाख भन्दा बढि महिला दिदीबहिनीहरु खाडी मुलुकमा उद्धारको लागि  वेदना पोखिराख्नु भएको  छ । हाम्रो  सुरक्षा चाहियो भन्दाखेरि गृहमन्त्री, कानुनमन्त्री र  श्रममन्त्री हेरेर बसिरहनु हुन्छ ।’  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार