पश्चिमी वायु प्रणाली सक्रिय, काठमाडौमा बर्षा

२०८२ जेठ ३० शुक्रवार
सारांश
  • देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू—भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं : हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको हो । 


देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू—भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मौसमविद्हरुका अनुसार पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय अझै एकदुई घन्टा पानी पर्ने महाशाखाले जनाएको छ । साढे ११ बजेसम्म काठमाडौंमा चार मिलिमिटर वर्षा भएको जनाइएको छ । 


मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सँधै सक्रिय नहुने उनीहरुको भनाई छ । 


यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूती पोखरेलले मनसुन भित्रिसके पनि सँधै सक्रिय नहुने प्रतिक्रिया दिइन् । 


‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । तर मुलुकको मध्य र पश्चिम एवम सुदूरपश्चिमतिर मनसुन सक्रिय हुनेक्रममा छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार