वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार
२०८२ जेठ ३० शुक्रवार
- वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
रौतहट : पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड गरिरहेको एचआर ५५के ३९७१ नम्बरको भारतीय ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
शुक्रबार बिहान ५ बजेतिर भएको दुर्घटनामा छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीउ विजय यादवको मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ । हाल चालकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’