हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय
२०८२ जेठ २९ विहिवार
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ । तर हेटौँडा उपमहानगरपालिकाले आफ्ना केही शंकास्पद निर्णय ढाकछोप गर्नको लागि सूचना लुकाउने गरेको स्थानीयले बताएका छन् ।
हेटौँडा : सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ । तर हेटौँडा उपमहानगरपालिकाले आफ्ना केही शंकास्पद निर्णय ढाकछोप गर्नको लागि सूचना लुकाउने गरेको स्थानीयले बताएका छन् ।
उपमहानगरपालिकाले अधिकांस कार्यापालिकाको बैठकको निर्णय लुकाउने गरेको नाम नबताउने शर्तमा एक स्थानीयबासीले जानकारी दिए ।
स्थानीय कानुन मिचेर विभिन्न निर्णय गर्ने र सार्वजनिक गर्दा विवादमा परिने डरले कार्यपालिकाको बैठकको अधिकांस निर्णय सार्वजनिक नै नगर्ने गरेको ति स्थानीयको भनाइ छ । पछिल्लो पटक गत जेठ २३ गते बसेको कार्यपालिकाको बैठकको निर्णय समेत उपमहानगरपालिकाले लुकाएको पाइएको छ ।
विपदको नाममा विभिन्न स्थानमा नियम मिचेर खोला दोहन गरी सोझै ठेकेदारलाई नदीजन्य सामग्री बेच्ने निर्णय गत जेठ २३ गतेको कार्यपालिकाको बैठकले गरेको छ । सोही निर्णय विवादमा पर्छ भनि उपमहानगरपालिकाले हालसम्म उक्त निर्णय लुकाएर राखेको पाइएको छ ।
उपमहानगरपालिका १६ र १७ मा पर्ने चुरे क्षेत्रको विभिन्न स्थानमा उत्खनन् गर्न निकुञ्जले नदिएपछि ठेक्का दिने भनिएको ठेकेदारलाई उपमहानगरपालिकाले कानुन विपरित विपदबाट उत्खनन गरिएको सामग्री शोधभर्ना बापत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोही निर्णय बमोजिम अहिले विपदबाट उत्खनन भएका नदीजन्य पदार्थ घाटगद्दी नगरी सोझै उपमहानगरपालिकाले ठेकेदारलाई बेचेको छ । कानुन विपरितको विपदको सामग्री ठेकेदारलाई शोधभर्ना गर्ने निर्णय गरेपछि उक्त निर्णय उपमहानगरपालिकाले सार्वजनिक गरेको छैन भने, उता विपदबाट उत्खनन गरिएको सामग्री ठेकेदारले आफ्ना क्रसरमा ल्याएर डम्पिङ गरेका छन् ।
यसरी कानुन उल्लङ्घन गरी उपमहानगरपालिकाले अत्याधिक रुपमा खोला दोहन गरिरहेको छ भने विवादमा पर्ने डरले सूचनाको हकलाई नै बन्देज पार्ने गरी सूचना लुकाउने काम गरेको पाइएको छ ।
आफूले गरेका अनियमितता र भष्ट्राचारलाई ढाकछोप गर्न उपमहानगरपालिकाले बैठकको निर्णय समेत सार्वजनिक गरेको छैन । यस विषयमा उपमहानगरपालिकाका हाकिमदेखि प्रशासनका प्रमुख कोही पनि खुलेर बोल्न चाहेका छैनन् ।
बैठकको निर्णयका विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम यस विषयमा आफूलाई जानकारी नभएको र केही परे प्रवक्ताबाट बुझ्न सकिने भन्दै पन्छिएका छन् ।
उता सामान्य प्रशासन शाखा प्रमुख लक्ष्मण मैनाली भने बैठकको निर्णय सबै तयार भएको तर किन सार्वजनिक नभएको भन्ने विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिए ।
हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले भने बैठकको निर्णय आफूसँग नआइपुगेकाले सार्वजनिक नगरेको बताए । यस विषयमा उपमहानगरपालिकाका प्रवक्ता एवं हेटौडा वडा नम्बर १ का अध्यक्ष समेत रहेका सबिन न्यौपानेले भने बैठकको निर्णय सार्वजनिक गर्ने तयारी रहेको तर आफ्नो फुर्सद नभएकाले हस्ताक्षर गर्न बाँकी रहेको बताउछन् । उनले हस्ताक्षर गरेपछि उक्त बैठकको निर्णय सार्वजनिक गरिने प्रतिक्रिया दिए ।
गत जेठ २३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न उपमहानगरपालिकालाई पाँच दिनसम्म पनि धौधौ परेको छ । ।उपमहानगरपालिकाले विपदका नाममा उठाएको नदीजन्य पदार्थ सोझै ठेकेदारलाई बेच्नेगरी शोधभर्ना गर्ने भनी निर्णय गरेपछि उक्त बैठकको निर्णय नै उपमहानगरपालिकाले आजका मितिसम्म लुकाएको स्थानीयबासी बताउँछन् ।
खोला उत्खनन गर्न जम्मा दुई मात्र बाँकी रहँदा उत्खननको समय सकिएपछि उक्त निर्णय सार्वजनिक गर्ने तयारीका साथ उपमहानगरपालिकाले उक्त निर्णय लुकाएको हो ।
यसरी हेटौँडा उपमहानगरपालिका अहिले भ्रष्टाचारको अखडा बनेको छ । आफूले गरेका गल्ती र गैरकानुनी कामका निर्णय लुकाउँदै सूचनाको हकलाई समेत बन्देज गरी उपमहानगरपालिकाले खुलेआम अनियमितता गरिरहेको स्थानीयबासीको आरोप छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।