राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला

२०८२ जेठ २८ बुधवार
सारांश
  • श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए ।

काठमाडौं : ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।


श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए । 


उनले भने, ‘आज जेष्ठ पूर्णिमाको दिन चाँही मणिकेशव नारायणको वार्षिक स्थापना गरेको दिन हो । वार्षिक स्थापना गरेको दिवस मानेर होम गर्छौ । श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरेको छ ।’


उनको अनुसार आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार