साइबर अपराध र जोखिम बारे जेनिस सोलुसन र प्रहरी बिच अन्तक्र्रिया
२०८२ जेठ २८ बुधवार
- ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो ।
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि (आईटी) कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रहरीको साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राईलगायत प्रहरी प्रधान कार्यालयका विभाग, महाशाखाका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।
जेनिस सोलुसनका वरिष्ठ निर्देशक एवं आईटी इन्जिनियरहरु अमित जोशी, शरद बन्जरा, निर्वान पाल, सम्पन्न श्रेष्ठसमेत सहभागी कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोग र सुरक्षा रणनीतिबारे छलफल भएको कम्पनीको भनाई छ ।
साइबर सुरक्षा जोखिम बढ्दै गइरहेको पछिल्लो समयमा प्रहरीले आयोजना गरेको यस खालको बृहत् कार्यक्रमलाई सकारात्मक मानिएको छ ।
नेपालसहित ११ वटा देशमा कार्यालय स्थापना गरी आईटी सेवा प्रवाह गरिरहेको जेनिससँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । उक्त कम्पनीको प्रमुख अन्जनी फुँयाल नेपाली मुलका बेलायती हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।