- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबारदेखि सुरु भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताका अवसरमा एनप्याब्सनलाई सम्मान गरिएको हो ।
काठमाडौँ : राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई विशेष सम्मान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबारदेखि सुरु भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताका अवसरमा एनप्याब्सनलाई सम्मान गरिएको हो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उदघाटन कार्यक्रममा एनप्याब्सनले विद्यालय स्तरको खेलकुद प्रवर्धनमा पुर्याएको महत्वपूर्ण योगदानस्वरूप प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो । उक्त सम्मान संस्था अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणाले ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा राखेपका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐतिहासिक कांस्य पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उदघाटन गरेका थिए । टर्च दौडमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सातै प्रदेशका ४७६ खेलाडी सहभागी छन् । एथलेटिक्स, रग्बी, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन र क्रिकेट गरी ६ खेल समावेश गरिएका छन् । २५ स्वर्ण, २५ रजत र ३३ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’