- राष्ट्रिय सूचना दिवसलाई देशव्यापी रुपमा भव्यताका साथ मनाउन आयोगले प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ ।
काठमाडौं : राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवस देशव्यापी रुपमा मनाउने भएको छ । सरकारले आयोगको आग्रहलाई स्वीकार गर्दै भदौ ३ गतेलाई देशव्यापी रुपमा राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेको हो ।
राष्ट्रिय सूचना दिवसलाई देशव्यापी रुपमा भव्यताका साथ मनाउन आयोगले प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई लागू भएको मिति २०६४ भदौ ३ गतेलाई सरकारले यसअघि नै राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेपनि यसलाई तीनै तहका सरकारले देशव्यापी रुपमा मनाउने निर्णय भने पहिलोपटक भएको हो ।
सूचनाको हक सम्बन्धी जागरण पैदा गर्न एवं सूचना प्रवाहको प्रर्वद्धन गर्न आयोगले नियमित रुपमा अन्तरसम्वाद र छलफल कार्यक्रम गर्दै आएको छ ।
गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा सूचनाको हक सम्बन्धी मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम यहि जेठ ६ गते सम्पन्न भएको छ ।
यसअघि संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा वैशाख १२ गते विभागस्तरीय सूचना अधिकारीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैगरी आयोगका कर्मचारीहरुको सीप र क्षमता अभिवृद्धि गर्न जेठ १६ र १७ गते दुई दिनको तालिम सम्पन्न गरिएको छ । आयोगको सूचना अधिकारीको जिम्मेवारी उपसचिव देवेन्द्र कार्कीलाई तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’