लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन अहिलेको मूख्य आवश्यकता

२०८२ जेठ २५ आईतवार
सारांश
  • लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन् ।

काठमाडौं : लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् ।


लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन् ।  


वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग नेपालको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिबिम्ब भएको भन्दै यस्ता उद्योग बिना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताए् ।


राज्यले नीतिगत, वित्तीय र प्रविधिगत सहयोग पु¥याए यिनै उद्योगहरूले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्ने उनको भनाइ थियो ।


आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोगी हुने यस्ता उद्योगहरुले ग्रामीण र विकट क्षेत्रको आर्थिक उत्थान गर्नुका साथै साना उद्योगहरू गाउँगाउँमा खोल्न सकिने भएकाले क्षेत्रीय असमानता घटाउनेतर्फ अध्यक्ष सिंहले ध्यानाकर्षण गराए ।


स्थानीय स्रोतसाधन र सीपको उपयोग गर्दै महिलाहरू, युवा र विपन्न समुदायको सशक्तीकरणमा सहयोग पुर्याउने यस्ता उद्योगमा ठूला उद्योगको तुलनामा कम लगानी, कम जोखिम र अधिक लचिलोपना हुने भन्दै उनले भने,‘नेपालजस्तो मुलुकमा ठूलो उद्योग सञ्चालनका लागि भौगोलिक, पूँजीगत र पूर्वाधार सम्बन्धी सीमितता छन् । यहाँ लघु, घरेलु तथा साना उद्योग नै आर्थिक गतिशीलताको मेरुदण्ड बन्न सक्छन् ।’


सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा आगामी आर्थिक वर्षको बजेट मौन देखिएकाले यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा यस्ता कुराको आवश्यक व्यवस्था हुनुपर्नेमा अध्यक्ष सिंहले जोड दिए ।


महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्योगहरुलाई अर्थतन्त्रको इञ्जिन भने पनि व्यवहारमा देख्न नसकिएको बताए ।


लघु, घरेलु तथा साना उद्यमीहरुको हकहितको पैरवी गर्न महासंघ स्थापना भएको भन्दै उनले नेपाल भरका लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठनको रुपमा विकास भएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार