- गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आईतबार दिउँसो करिब ३ः१० बजेको समयमा पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
रौतहट : पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आईतबार दिउँसो करिब ३ः१० बजेको समयमा पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार दुर्घटनामा परि अन्दाजी ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफ र अर्को एक
२१ वर्षीय बिटु सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।