मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण

२४ जेठ, २०८२, शनिवार
सारांश
  • आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् ।

बाजुरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् ।


आगलागीको जानकारी लगत्तै  काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।


शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो । आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् ।


स्थानीय बासिन्दाहरूले ठूलो आर्थिक क्षति भएको जनाउँदै सरकारसँग राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार