सेवा नेवृत्त नौं संगठनले बनाए संघर्ष समिति, दिए आन्दोलनको चेतावनी
२०८२ जेठ २३ शुक्रवार
- विहीबाबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.ब. २०८२÷०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् ।
काठमाडौं: नौं वटा सेवा निवृत्त संगठनहरुले सरकारलाई दबाब दिन तथा आवश्यक परे आन्दोलन गर्ने भन्दै इश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेका छन् ।
विहीबाबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.ब. २०८२÷०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् ।
बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्दै भनिएको छ, ‘नेपाल सरकारले बजेट वक्तव्यमा सेवामा वहाल रहेका कर्मचारीलाई भत्ता वृद्धि गरी सेवा निवृत्त कर्मचारीहरुलाई भत्ता वृद्धि नगरिएको सन्दर्भमा सरकारलाई ध्यानआकर्षण गर्न मिति २०८२÷०२÷२२ मा विभिन्न नौं वटा सेवा निवृत्त संघ संगठनहरु इश्वर वहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गर्न सहमत भएका छौं ।’
संयुक्त संघर्ष समितिले गरेका निर्णय यस प्रकार छन् ः
१. हरेक दुई दुई वर्षमा राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था र उच्च स्तरीय तलव सुविधा निर्धारण समितिको सिफारिसलाई ०८२÷०८३ को बजेटले सम्बोधन नगरेकोले सो संवोधन गर्न प्रधानमन्त्री, अर्थमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राज्य व्यवस्था समितिका सभापतिलाई ज्ञापनपत्र दिने ।
२. सेवा निवृत्त राष्ट्रसेवकलाई उपेक्षा गर्दै बाहालवालाहरुको लागि मात्र महंगी भत्ता वृद्धि गरिएको विषय त्रुटिपूर्ण रहेकाले सो सच्याउने ।
३. राज्यका विभिन्न निकायहरुविच सेवा निवृत्त कर्मचारीहरु माथि विभेद हुनेगरी कानून निर्माण गरिएकोले सबैमा एकरुपता हुनुपर्ने ।
४. तत्काल वजेटले सेवा निवृत्त राष्ट्र सेवकको माग संम्बोधन नगरिएमा आन्दोलनको विकल्प नभएकाले सेवा निवृत्त संघर्ष समिति आवश्यकता अनुसार आन्दोलनमा जुटेका छौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।