बरिष्ठ साहित्यकार रसिकको अन्तिम संस्कार गरियो, झलनाथले ओढाए झन्डा
२०८२ जेठ २० मंगलवार
- मंगलबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए । नेपाली साहित्य, गायन एंव संगीतको विकासमा महत्वपूर्ण योगदानहरु गरेको पनि उनको भनाई छ ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रसिद्ध साहित्यकार, गायक एंव संगीतकार गणेश रसिकको निधनप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओडाए ।
मंगलबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए । नेपाली साहित्य, गायन एंव संगीतको विकासमा महत्वपूर्ण योगदानहरु गरेको पनि उनको भनाई छ ।
रसिकले क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह), रसिकका गीतहरू (गीत संग्रह) आकाश गंगाको ओतमुनी (उपन्यास), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण), बिलाउँदै गएका गीत (कथा संग्रह), दशगजामा उभिएर हेर्दा उपन्यास, स्वाधिनताको पीडा (गीत संग्रह) पेरुङ्गो संस्करण (पाँच कृति) जस्ता महत्वपूर्ण साहित्यिक कृतिहरू रचना गरेका थिए ।
उनको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एंव संगीतको क्षेत्रले र हामी सबैले एक मुर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएको छ । यीनै कृतिहरूमा गणेश रसिक सदा सदा बाँची रहने पनि खनालको भनाई छ ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्दि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा रसिकको निधन भएको थियो । उनको अन्तिम संस्कार मंगलबार पशुपतिस्थित विद्युतीय शवगृहमा गरिएको छ ।
रसिकले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५) नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव लगायत उच्च जिम्मेवारी सम्हालेका थिए ।
पूर्वी नेपालको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउ भोजपुरमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल अशोज ४ गते जन्मिएका उनी पछिल्लो समय इलामको सूर्योदय नगरपालिका फिक्कल रम्फोकमा बस्दै आएका थिए ।
उनका एक छोरा, एक छोरी, एक बुहारी, एक नाती, एक नातीनि रहेका छन । छोरा निमेश रसिकको २०६७ सालमा निधन भइसकेको छ भने श्रीमती निरा रसिक राईको कोरोना सक्रमण बाट २०७८ सालमा निधन भएको हो ।
‘रातो भाले क्वायक क्वायक सुत्केरीलाई खुवाए’ ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’लगायतका कालजयी गीतहरु चर्चामा छन् ।
उनी प्रथम कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८ ,राष्ट्रिय युवा महोत्वसवमा कथामा प्रथम पुरस्कार, २०२४ शुभराज्यभिषेक पदक, २०३१ ,गोर्खा दक्षिण बाहु, २०३१ ,रेडियो नेपाल साङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०३४ ,रत्नश्री स्वार्णपदक, २०४४ ,वीरेन्द्र ऐश्वर्य पदक, २०४५ गद्दी आरोहण पदक, २०५३ ,नागरिक सेवा पदक, २०५३ छिन्नलता गीत पुरस्कार, २०५६ ,पद्मश्री साहित्य सम्मान, २०६३ ,लाइफ टाइम एचिभ्मेन्ट इमेज च्यानल पुरस्कार, २०७३ राष्ट्रिय कलाश्री पुरस्कार, २०७६ नारायण गोपाल सङ्गीत पुरस्कार, २०७६ ,नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पदक लगायतबाट सम्मानित भइसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।