यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
२०८२ जेठ १९ सोमवार
- राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
काठमाडौं : ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएका छन् । अनिश्चितकालीन यातायात बन्दको घोषणा भएसँगै विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न निकै सास्ती खेपिरहेका छन् ।
राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
यता, यातायात व्यवसायीहरूले भने सरकार र ट्राफिक प्रशासनद्वारा भइरहेको ‘दमन’ र ‘अत्याचार’विरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गत अरनिको बस इकाइ कमिटीका सदस्य राजन गिरी भन्छन्, ‘नेपाल सरकारले हामीलाई दमन गरिरहेको छ । ट्राफिक र प्रहरी प्रशासनले व्यवसायी तथा मजदुरमाथि ज्यादती गर्दै आएका छन् अहिले हामी एकजुट भएर सडकमा उत्रन बाध्य भएका हौं ।’
उनको भनाइमा सरकारले पठाओ लगायतका राइड सेयरिङ सेवामाथि नियन्त्रण गर्नुपर्ने माग पनि छ ।
त्यस्तै, यातायात व्यवसायी अर्जुन श्रेष्ठले आन्दोलन आफ्नो अस्तित्वको रक्षाका लागि भएको बताए । ‘हामी यातायात व्यवसायी भएनौं भने राज्य नै चल्दैन,’श्रेष्ठले भने, ‘सरकार र प्रहरी प्रशासनको दमनविरुद्ध हाम्रो यो आन्दोलन जारी रहनेछ । वार्ताले समाधान निकाल्दैन भने आन्दोलन थप चर्किन्छ ।’
हालसम्म सरकार र संघर्ष समितिबीच औपचारिक वार्ता भने सुरु भइसकेको छैन । यात्रुहरु भने तत्काल सेवा पुनः सञ्चालन गरियोस् भन्ने अपेक्षामा छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।