आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

१८ जेठ, २०८२, आइतवार
सारांश
  • यो जात्रा नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ ।

काठमाडौं: आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ । 


बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथका साथै, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । 


ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि मनाइदै आएको यो जात्रा पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ । रथ निर्माण पछि बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखी एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई उपत्यकाका विभिन्न ठाउँहरुमा तानिन्छ । 


रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेल मैदानमा राखिन्छ र शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ । यो जात्रा नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ ।

 

 भोटोजात्राको अवसरका उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजानिक बिदा समेत दिइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार