सेवा निवृत्त कर्मचारीको योगदानलाई राज्यले अवमूल्यन गरेको गुनासो
२०८२ जेठ १७ गते शनिबार
- शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वहालवाला कर्मचारीहरुलाई पाँच हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको गुनासोसमेत गरेका हुन् ।
काठमाडौं : सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले विभेदकारी व्यवहार गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वहालवाला कर्मचारीहरुलाई पाँच हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको गुनासोसमेत गरेका हुन् ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्तहरुले गर्ने संघर्षमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका छन् । श्रेष्ठले सरकारले सेवा निवृत्त राष्ट्र सेवकहरुको सेवासुविधा नबढाइ उपेक्षा गरेमा आफूहरुले कडा संघर्ष गर्ने चेतावनी पनि दिए ।
त्यसैगरी सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले नियम अनुसार हरेक तीन÷तीन वर्षमा तलब वृद्धि हुनुपर्नेमा चार वर्ष वितिसक्दा पनि सरकारले तलब वृद्धि नगर्नु दुःखद भएको बताएका छन् ।
वहालवाला कर्मचारीहरुलाई थप भत्ता दिएर ‘ललिपप’ देखाएको बताउँदै पाण्डेले भने, ‘निवृत्त राष्ट्रसेवकको उर्जाशील जीवनभरी राष्ट्रलाई गरेको योगदानको अवमूल्यन गरेको छ, यदि समयमै हाम्रो पेन्सन वृद्धि वा विशेष व्यवस्था नगरे हामी संघर्ष गर्न बाध्य हुनेछौं ।’
सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका महासचिव विनोद थापाले निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको सेवा–सुविधा नियोजितरुपमा वृद्धि नगरिएको भन्दै त्यस विरुद्ध आफूहरु संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले कर्मचारीहरुलाई वेवास्ता गर्ने तर मन्त्री, सांसद तथा उच्चपदस्थहरुको सेवासुविधा बढाउने सरकार गैर जिम्मेवार भएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा सेवा निवृत्त राष्ट्रिय संगठनका सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्षहरु मित्रप्रसाद खतिवडा र रमा घिमिरे, कोषाध्यक्ष बयान बहादुर कार्कीलगायत कार्यसमिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’