रारामा सुविधा सम्पन्न होटल तथा रिर्सोट खुल्नेक्रम बढ्यो
२०८२ जेठ १७ गते शनिबार
- बढ्दो पर्यटकीय आवागमनले रारामा खाना, बास र मनोरञ्जन जस्ता पूर्वाधारप्रति पर्यटकको गुनासो बढ्न थालेपछि त्यसलाई सम्बोधन गर्न सेवा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा ल्याइएको छ ।
मुगु : सडक तथा हवाई सञ्जालको पहुँच विस्तारसँगै रारा तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकको संख्या बढेसँगै सुविधा सम्पन्न होटलहरु पनि खुल्न थालेका छन् ।
बढ्दो पर्यटकीय आवागमनले रारामा खाना, बास र मनोरञ्जन जस्ता पूर्वाधारप्रति पर्यटकको गुनासो बढ्न थालेपछि त्यसलाई सम्बोधन गर्न सेवा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा ल्याइएको छ ।
रारा तालको किनारका मुर्मा टप, कोट, माझघट, सल्यारी, ताल्चा, लामाचौर तथा गमगढी बजार आसपासका क्षेत्रहरूमा पर्यटकको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ होटलहरू धमाधम सञ्चालनमा आएका छन् । पर्यटकको बसोबास, खानपान र मनोरञ्जनका लागि सहज व्यवस्था मिलाउन थालिएको छ ।
रारा तालबाट करिब दुई घण्टा टाढा रहेको ३८०० मिटर उचाइको पर्यटकीय गन्तव्य मुर्मा टपबाट रारातालको पूर्ण दृश्यावलोकन गर्न सकिने, चमेरा गुफा, गौथली गुफा, मुगु कर्णालीलगायतका स्थलको अवलोकन साथै छिमेकी पाँच जिल्लाका हिमशृङ्खला, हिमचुचुरा, छाँयानाथ धाम, चुचेमार हिमाल, शैपाल हिमाल, बन्यजन्तु र बनस्पतिको अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
स्थानीय उत्पादन तथा रैथाने परिकारलाई प्रवद्र्धन गर्दै धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको प्रचार–प्रसारका साथै आर्थिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यले रारा इको रिसोर्ट प्रालिका प्रोपाइटर धनसिंह रोकायाले मुर्मा टपमा होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।
मुर्मा टपका होटलहरूमा बास, खानपान र सुत्ने व्यवस्था अत्यन्तै सुविधाजनक रहेको पर्यटकहरू बताउँछन् । कालीमार्सी धानको भात, स्थानीय परिकारको स्वाद लिन सकिने, साथै हिमाल, पहाड, बनस्पति र रारा तालको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरू यस स्थानबाट निकै प्रभावित देखिन्छन् । अपेक्षा भन्दा बढी सुविधा र प्राकृतिक सौन्दर्य पाइने भएकाले रारा–मुर्मा घुम्न लायकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
रारा बाहेक मुगु जिल्लाका अन्य सांस्कृतिक रीतिरिवाज झल्काउने संग्रहालय, पर्यटकको बसाई लम्ब्याउने खालका गतिविधि तथा पूर्वाधारको विकास गरिएमा पर्यटकको संख्या थप बढ्न सक्ने र जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरूको विश्वास छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार, अहिले सञ्चालनमा रहेका होटलहरूमा केही सुधार आवश्यक देखिएको र ठूला होटल सञ्चालनका लागि वातावरणीय अध्ययन सम्पन्न भइसकेको जानकारी दिएका छन्। साथै, राज्यका तीनै तहका सरकारले रारा वरिपरि पर्यटकीय पूर्वाधार निर्माण गरी बसाइ लम्ब्याउने खालका योजना अघि सारेमा रोजगारी सिर्जना हुने र समग्र मुगु तथा छिमेकी जिल्लाहरूको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने बताइएको छ ।
रारा आफैंमा गौरवको विषय भएको र यसको समुचित व्यवस्थापन, प्रवद्र्धन तथा पूर्वाधार विकासमार्फत नेपालको महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा अझ विस्तार गर्न सकिने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।