- हेटौडाबाट कलैयातर्फ जादै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षिय अम्मर बहादुर तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
हेटौंडा : हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ रातोमाटे स्थित चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा, पकिअप गाडी सहित एक जनालाई पक्राउ गरेको हो ।
हेटौडाबाट कलैयातर्फ जादै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षिय अम्मर बहादुर तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुंदा उक्त गांजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’