बैंक सम्बन्धि ऐनका केही दफाहरुले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता
२०८२ जेठ १२ गते सोमवार
- सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका हुन् ।
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताएका छन् ।
सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका हुन् ।
उनले भने, ‘बैङक तथा बित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ । विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा बित्तीय संस्थाको चुक्त्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि शेयर लिएको वा शेयर स्वामित्वको काम बैंक वा बित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा यो एक प्रतिशतको ठाउँमा दुई प्रतिशत संशोधनमा राखिएको छ ।’
उनले थप भने,‘यसको आधारमा ८ को १६ करोड शेयर लिएको व्यक्ति बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ जाने हुन्छ ।’
उनले बैंक पनि आफै चलाउने र ऋण पनि आफै चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको भन्दै यो एक प्रतिशतबाट बढाउन नहुने बताए ।
‘म बैंकको अध्यक्ष पनि भएको हिसावले भन्नु या बैंक पनि आफैं चलाउने अनि ऋण पनि आफैं चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको छ जुन चिज नबुझिएर निकालिएको हो । यो एक प्रतिशतबाट बढाउनु हँुदैन,’ उनले भने ।
आज समितिमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो ।
सो क्रममा सांसद विराजभक्त श्रेष्ठ, अर्थविज्ञ अनलराज भट्टराई, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रालगायतले धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।