सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
२०८२ जेठ ९ शुक्रबार
- विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमान्स्थल चार दिनदेखि बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए ।
सुर्खेत : रनवेमा खाल्डो परेपछि मंगलबार देखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ ।
विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमान्स्थल चार दिनदेखि बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए ।
विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो ।
‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु प¥यो’ विमानस्थल प्रमूख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसंगै शनिबारबार जहाज नियमित गरिने छ ।’ रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए ।
मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरुलाई भनेको बताए ।
‘विमानस्थलमुनी पुरै पानी छ भन्ने आशंका प्राविधिकहरुको छ’ उनले भने, ‘यसका लागि आवश्यक अनुसन्धान गर्नु पर्ने जरुरी भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’