- पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए ।
सुर्खेत : सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो ।
पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए ।
विहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए ।
‘पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्किएको छ,’ काफ्लेले भने, ‘दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौ । खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।
नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो ।
शनिवारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ । सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।