- विहीबार बसेको समितिको बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।
काठमाडौं : संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारवाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल भएको छ ।
विहीबार बसेको समितिको बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।
सोही क्रममा समिति सदस्य गोपी बहादुर सार्की आछामीले यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश भएको बताएका छन् ।
उनले भने, ‘यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश नै हो । मान्छेको महत्वकांक्ष, आवश्यकता पनि बढ्दै गएको छ । यसकारण मानिसले जुन तरिकाले अहिले विकास गरिरहेको छ, त्यो व्यवस्थित भइरहेको छैन् ।’
यस्तै, उनले नेपाल सरकारको व्यवस्थित खालको योजना नभएको भन्दै भएका बस्तीहरु पनि सरकारको योजना अन्तरगत नपरेको बताए ।
उनले भने, ‘अर्को भनेको व्यवस्थित खालको योजना पनि छैन् । जति पनि बस्तीहरु छन् । त्यो सरकारको योजना अन्तरगत छैन् । अहिले पहाडतिर पूर्वाधार पुगेको छ, स्कुल, कलेज, बाटो, खानेपानी सबै पुगेको छ । तर लाभग्राहीहरु भने पलायन भएर सहरतिर आएका छन् । यो पनि एउटा चुनौतीको रुपमा देखिएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।