विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी
२०८२ जेठ ६ मंगलबार
- सोमबार विद्यालयमा पठनपाठन भइरहेको समयमा जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी, वडा सदस्य धनलाल तामाङ समेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताला लगाइएको हो ।
रामेछाप : मन्थली नगरपालिका–९ को पुरानागाउँ स्थित स्थानापति मावि बाङ्गेसल्लामा जनप्रतिनिधि समेतको उपस्थितिमा विद्यालयमा तालाबन्दी गरिएको छ ।
सोमबार विद्यालयमा पठनपाठन भइरहेको समयमा जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी, वडा सदस्य धनलाल तामाङ समेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताला लगाइएको हो ।
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ ।
गत पुस १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन भई सदस्यहरू निर्वाचित भइसकेको अवस्थामा कानुन अनुसार मनोनीत गर्नुपर्ने सदस्य मनोनीत गरेर अध्यक्ष नचुनिएको उनीहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिको बैठक राख्न ज्येष्ठ सदस्यले पटक पटक अनुरोध गर्दा पनि विद्यालय प्रशासनले अटेर गरेको कारण ताल लगाउनु परेको निर्णयमा उल्लेख छ ।
पठनपाठन भईरहेको बेला विद्यार्थीहरूलाई कक्षाबाट निकाली जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गरेको कारण पठन पठान प्रक्रिया अवरुद्ध भएकोले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले सोमबार नै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मंगलबार आज दुवै पक्षलाई छलफलको लागि बोलाइएको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।