कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

२०८२ जेठ १ बिहिबार
सारांश
  • बिहीबार काठमाडांैमा पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ् स्थितमा विभिन्नं सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन् ।

काठमाडौं : जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यले कीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् । 


बिहीबार काठमाडांैमा  पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ् स्थितमा विभिन्नं सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन् । 


पक्राउ पर्ने मध्ये गोरखा भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. २ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटीसहित तीन जनालाई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका  वडा नं. ७ फुटुङ्बाट  पक्राउ गरिएको  हो ।


अधिकारी आचार्यले विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसंग सम्बन्धित सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार