मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था
२०८२ बैशाख ३१ बुधबार
- उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए ।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए ।
अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिएका हुन् ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरिता दवाडी, सिँचाई विभागका महानिर्देशक सन्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली पुगेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’