निराशाका सन्देशहरूले देशको विकासमा अवरोध गर्छ : मन्त्री पाण्डे
२०८२ बैशाख ३० मंगलबार
- मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पु¥याउने बताएका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पु¥याउने बताएका हुन् ।
उनले देश हाल कुनैपनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु–सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गर्दै देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएको बताए ।
मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको बताए ।
समारोहमा यस वर्ष प्रदान गरिएका प्रज्ञा पुरस्कारहरू निम्नानुसार छन् ः
प्रज्ञा भाषा पुरस्कार २०७८ – श्री चूडामणि रेग्मी
प्रज्ञा सामाजिकशास्त्र पुरस्कार २०७८ – श्री दिल साहनी
प्रज्ञा संस्कृति पुरस्कार २०७८ – श्री डिक बान्तावा
प्रज्ञा बालसाहित्य पुरस्कार २०७८ – श्री शारदारमण नेपाल
प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०७८ – श्री जसराज किराती
प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०७८ – श्री कृष्ण धरावासी
प्रज्ञा समालोचना पुरस्कार २०७८ – डा. सुधा त्रिपाठी
प्रज्ञा दर्शन पुरस्कार २०७८ – श्री गोपीरमण उपाध्याय
प्रज्ञा अनुवाद पुरस्कार २०७८ – डा. बलराम अधिकारी
प्रज्ञा अन्तर्देशीय पुरस्कार २०७८ – श्री भविलाल लामिछाने (भारत)
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको राशी एक लाख रुपैयाँ रहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।