धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ

२०८२ वैशाख २९ सोमवार
सारांश
  • साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो ।

रौतहट : धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक  संजालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 


साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो । 


साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले  भिडियो बनाइएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए । 


सो भिडियो सामाजिक संजालमा भाइरल भएपछी तत्काल पक्राउ गरी कारवाही गर्न यहाका अगुवाहरुले माग गरेका थिए । 


प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।


यस विषयमा आवश्क अनुसन्धान गरेर आवश्यक कानुनी कारवाही गरिने उनले जानकारी दिए । धार्मिक सदभाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार